काँग्रेसले राष्ट्रपति लिएरै छाड्छ : शेखर कोइराला « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

काँग्रेसले राष्ट्रपति लिएरै छाड्छ : शेखर कोइराला


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति काँग्रेसकै उम्मेदवारले जित्ने दाबी गरेका छन् ।

नेपाली काँग्रेस सिन्धुली क्षेत्र नम्बर ’ख’ को प्रदेश १ ले आयोजना गरेको सहिदको सम्मान तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेसले राष्ट्रपति पाउनु पर्छ भन्नेमा आफू विश्वस्त नभएको बताउँदै काँग्रेसले राष्ट्रपति लिएरै छाड्ने बताए ।

उनले भने, ‘राष्ट्रपति पाउने होइन लिने हो, लिएर जितेर देखाउने हो । राष्ट्रपति काँग्रेसको उम्मेदवार हुन्छ र काँग्रेसको उम्मेदवारलाई जिताउँछौ भन्ने विश्वास दिलाउन चाहन्छु, उनले थपे, ‘राष्ट्रपतिमा नेपाली काँग्रेसको उम्मेदवार हुन्छ र नेपाली काँग्रेसले जित्छ ।’

नेपाली काँग्रेसमा विचार र सिद्धान्तलाई पन्छाएर जाने समस्या आएको भन्दै उनले नेपाली काँग्रेसमा विचार र सिद्धान्त बिस्तारै कमजोर हुँदै गएको बताएका छन् । नेपाली काँग्रेसभित्र अवसरवरादीहरुको झुण्डले घेर्ने समस्या आएको नेता कोइरालाको भनाइ छ । उनले नेपाली काँग्रेससहित अन्य राजनीतिक दलमा विचार बिनाको राजनीति चलिरहेको बताए । आगामी निर्वाचनका मतदाता हालका १४÷१५ वर्षका बालबालिका नै हुने भएकाले उनीहरूलाई समेत काँग्रेसको विचार र भिजन बुझाउनुपर्ने उनको भनाई छ।

लोकतन्त्र सुशासन पारदर्शी जबाफदेहिता र उत्तरदायित्वको बारेमा त्यो बर्गल्याई बुझाउनु पर्ने भन्दै उनले बिचार बिनाको राजनीति चल्न थालेको बताएका छन् । सिद्धान्त र विचार बिना राजनीति चल्न नसक्ने उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस