पाठ्यपुस्तक छपाईको काम निजी क्षेत्रलाई दिनै हुँदैन : सचिव सुवेदी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पाठ्यपुस्तक छपाईको काम निजी क्षेत्रलाई दिनै हुँदैन : सचिव सुवेदी


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी विद्यालय तहको पाठ्यपुस्तक छपाईको काम निजी क्षेत्रलाई दिनै नहुने बताएका छन् । 

जनक शिक्षा सामाग्री केन्द्रले पाठ्यपुस्तक छपाइमा ढिलाइ गरिरहेका बेला सचिव सुवेदीले पाठ्यपुस्तक छपाइमा जनक शिक्षा सामग्री केन्द्रको क्षमता बढाउनुपर्ने बताए ।

बैठकमा सांसदहरूले निजी क्षेत्रलाई दिएर भए पनि विद्यालय तहको पाठ्यपुस्तक समयमै विद्यालयहरूमा उपलब्ध गराउन सरकारलाई सुझाव दिएका थिए । सचिव सुवेदीले अगामी चैत्र १५ गते भित्र छपाई सकेर पाठ्यपुस्तक विद्यालय पठाउने प्रतिबद्धता आएको उल्लेख गर्दै त्यसको भर पर्नुको विकल्प नभएको बताए ।

उनले निजी क्षेत्रलाई सो पाठ्यपुस्तक छपाई दिन नीतिगत र कानुनी जटिलता रहेको तर्क गरे । सचिव सुवेदीले धराशायी भएको केन्द्र बचाउन पनि पाठ्यपुस्तक छपाईको काम निजी क्षेत्रलाई दिन सक्ने अवस्था नरहेको बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस