मोरङमा बोरामा भेटियो महिलाको शव « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मोरङमा बोरामा भेटियो महिलाको शव


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । मोरङको बुढीगङ्गा-२ अमाहिमा एक जना  महिलाको शव भेटिएको छ । पहिचान नखुलेको अन्दाजी ३५ वर्षीया महिलाको हत्या गरेको अवस्थामा शव भेटिएको हो । 

स्थानीय नरसिंह चौधरीको घरमा बोराभित्र हालेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीका बहादुर कार्कीले जानकारी दिए । अहिले घटनास्थलमा मोरङ प्रहरीका डिएसपी रञ्जन कुमार दाहालको नेतृत्वमा टोली परिचालन भएको छ । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस