काँग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको चिकित्सकहरूले जानकारी गराएका छन्।

गत फागुन ३ गते राति बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए।

सांसद भण्डारीकी आमाको कीर्तिपुरस्थित अस्पतालमा उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो। सोही दिन सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो।

मुम्बईमा सांसद भण्डारीको उपचार जारी छ। उनको उपचारमा संलग्न रहेका चिकित्सकहरूले दिएको जानकारीअनुसार सांसद भण्डारीको अवस्था क्रमिक रूपमा सुधार हुँदै गइरहेको छ।

अस्पतालमा रहेका काँग्रेस नेता योगराज कँडेलका अनुसार सांसद भण्डारीको प्लेटिलेट्सको मात्रा बढेको छ भने पिसाबको मात्र नर्मल देखिएको चिकित्सकहरूले जानकारी दिएका छन्।

भण्डारीको शरीरमा ज्वरो छैन।

Tags :
प्रतिक्रिया दिनुहोस