स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा घाइते सहचालकको मृत्यु भएको छ ।

आइतबार राति जगतभञ्ज्याङबाट मिर्दितर्फ ढुङ्गा लिएर जाँदै गरेको ग१त६८८६ नम्बरको ट्याक्टर वालिङ नगरपालिका–६ अम्डालीस्थित भित्री सडकमा दुर्घटना भएको थियो ।

दुर्घटनामा चालक चापाकोट नगरपालिका–२ धुर्कोटका ३२ वर्षमा नवीन सुनार र सहचालक वालिङ नगरपालिका–८ मिर्दिका १४ वर्षका सोविन विक घाइते भएका थिए । उनीहरूलाई तत्कालै प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो ।

सहचालक विकको टाउको र ढाडमा गम्भीर चोट लागेको थियो र उनलाई थप उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज पुर्‍याइएको थियो ।

उपचारका क्रममा सहचालक विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी रवीन्द्र खनालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस