५३ किलो गाँजासहित चितवनबाट दुई जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

५३ किलो गाँजासहित चितवनबाट दुई जना पक्राउ


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । पूर्वी चितवनबाट ५३ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एक जना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ।

सोमबार बिहान १ बजे राप्ती नगरपालिका-१ लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथरतर्फ जाँदै गरेको बा ३ च २५०४ नम्बरको गाडीमा लुकाइछिपाइ लैजाँदै गरेको समयमा गाँजा बरामद गरिएको हो।

पक्राउ परेका उनीहरूको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस