पूर्वमन्त्री डा. मथुराप्रसाद श्रेष्ठको निधन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पूर्वमन्त्री डा. मथुराप्रसाद श्रेष्ठको निधन


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । पूर्व स्वास्थ्यमन्त्री प्रा. डा.मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा  निधन भएको छ । लामो समयदेखि दम  र छाती रोगका सङ्क्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको  उनका छोरा डा. जया श्रेष्ठले जानकारी दिए । 

वामपन्थी बुद्धिजीवी श्रेष्ठ चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए । 

विसं २०४६ मा प्रजातन्त्रको पुनर्बहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए । उनका ६ छोरा र एक छोरी छन् ।  । उनको मङ्गलवार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस