कांग्रेस सांसद भण्डारीको स्वास्थ्यमा सुधार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कांग्रेस सांसद भण्डारीको स्वास्थ्यमा सुधार


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको भारतको मुम्बईमा उपचार भइरहेको छ।

भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।

अस्पतालमा रहेका योगराज कँडेलका अनुसार उपचारमा खटिएका डाक्टर अमुल मात्रेले पिसाबको मात्रा साधारण रहेको र अन्य पारामिटरसमेत ठिक रहेको जानकारी गराएका छन् ।

भण्डारीको हिजो दिउँसो छातीको फिजियो गराइएको छ । अनुहारको डढेको कालो छाला झरेर नयाँ पलाउन लागेको जस्तो देखिएको तथा कृत्रिम अक्सिजनको मात्रा ३५ प्रतिशतमा झारिएको अस्पताललाई उद्धृत गर्दै कँडेलले जानकारी दिए ।

कृत्रिम अक्सिजनलाई आज शून्यमा झार्ने र प्राकृतिकरूपमा श्वासप्रश्वासको ट्रायलमा लैजाने योजना रहेको डाक्टर मात्रेले बताएका छन् । नेता भण्डारीले अस्ति शनिवारदेखि नलीमार्फत खाना खान पनि सुरु गरेका छन् ।

गएको मङ्गलवार राति ग्यास चुहावट भएर शरीरमा आगो लागेपछि नेता भण्डारीलाई उपचारका लागि मुम्बई लगिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस