दार्चुलामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

दार्चुलामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु


७ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । दार्चुलामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सहचालक घाइते भएका छन् ।

जिल्लाको मार्मा गाउँपालिका-३ नलबगडस्थित सडकमा माटो फाल्दा टिप्परको ढालाले नाङ्गो बिजुलीको तार छुँदा आइतबार बिहान करेन्ट लागेर चालकको मृत्यु भएको हो । 

कैलालीको लम्किचुहा नगरपालिकाको चिसापानीका २३ वर्षीय लीला थापाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

त्यस्तै मार्मा गाउँपालिका-६ का १९ वर्षीय सहचालक प्रकाशसिंह ठगुन्ना घाइते भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस