उपराष्ट्रपतिमा जसपाको दाबी « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

उपराष्ट्रपतिमा जसपाको दाबी


७ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का नेताहरूले उपराष्ट्रपतिमा दाबी गर्नुपर्ने जोड दिएका छन्।

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले उपराष्ट्रपतिमा दाबी गर्नुपर्नेमा जोड दिएका हुन् । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसँगै समसामयिक विषयमा छलफल गर्न आइतबार जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बसेको थियो।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जसपा प्रवक्ता प्रकाश अधिकारीले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भएको बताए। “राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे पार्टीको ध्यानाकर्षण भएको छ। पार्टीले यसमा सोचिराखेको छ। अहिले औपचारिक निर्णय भइसकेको छैन,” अधिकारीले भने।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ। त्यस्तै, उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते तोकिएको छ।

जसपा कार्यकारिणी समितिको बैठकमा विधान अधिवेशनको तयारीका विषयमा छलफल भएको प्रवक्ता अधिकारीले बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस