सङ्घीयताको मर्मअनुरूप कानून परिमार्जन गर्दैछौँ : मन्त्री शर्मा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सङ्घीयताको मर्मअनुरूप कानून परिमार्जन गर्दैछौँ : मन्त्री शर्मा


७ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सङ्घीयताको मर्मअनुरूप स्थानीय तहसम्म अनुभुति हुनेगरी कानून परिमार्जन गर्न लागेको बताएकी छन् ।

आज (आइतबार) राष्ट्रिय समाचार समितिको ६२ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरोकारवालाहरूसँग सहकार्य गर्दै सङ्घीयताको मर्म र भावना अनुरूप स्थानीय तहसम्म नै अनुभुति हुनेगरी कानूनहरुमा संशोधन गरी नयाँ कानून बनाउने तयारी गरेको बताएकी हुन् ।

उनले सरकारले आम सञ्चारसँग सम्बन्धित ऐन, कानूनहरुलाई संशोधन, परिमार्जन र आवश्यक नयाँ कानून बनाएर सञ्चार क्षेत्रका समसामयिक सुधार गर्ने जानकारी गराइन् । 

मन्त्री शर्माले पछिल्लो समय समाचार माध्यमहरूका गलत समाचार प्रवाहलाई नियन्त्रण गर्न आवश्यक रहेको बताइन् । उनले समितिले जनशक्ति व्यवस्थापनसहित समाचार सेवाको गुणस्तरमा सुधार गर्नुपर्ने बताइन् । 

Tags :
प्रतिक्रिया दिनुहोस