जसपा प्रचार विभाग प्रमुखको राजीनामा माग्दै उजुरी  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जसपा प्रचार विभाग प्रमुखको राजीनामा माग्दै उजुरी 


७ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को लेटरप्याड दुरुपयोग गरेको भन्दै पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बहादुर बस्नेतको राजीनामा माग गर्दै अध्यक्ष उपेन्द्र यादवसमक्ष उजुरी दिएका छन् ।

जसपा अन्तर्गतका १० प्लस १ राष्ट्रिय समितिका अध्यक्षहरूले आइतबार प्रेस विज्ञप्ति जारी गरी उनको राजीनामा माग गरेका हुन् ।

राष्ट्रिय समितिका अध्यक्षहरूले संघीय परिषद्का अध्यक्ष, कार्यकारिणी समितिका अध्यक्षलाई भेटेको विषयमा जारी गरेको विज्ञप्ति फिर्ता लिएर पदबाट राजीनामा दिन माग गरेका छन् ।

माघ ५ गते विभिन्न तीनवटा प्रतिष्ठानमा सरकारले गरेको नियुक्तिको विरोधमा जसपाको तर्फबाट प्रचार विभाग प्रमुख बस्नेतले विज्ञप्ति जारी गरेका थिए ।

१० प्लस १ राष्ट्रिय समितिका अध्यक्षहरूले पार्टीका शीर्ष नेताहरूलाई भेटेर प्रचार विभागका प्रमुख बस्नेतले लेटरप्याड दुरुपयोग गरेको भनी ध्यानाकर्षण गराएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस