२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनआईसी एसिया बैंकलाई ११ हजार जरिवाना

अ+ अ-

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले कार्यालयबाट निस्केको फोहोर सडकमा फालेको भन्दै एनआईसी एसिया बैंकलाई ११ हजार रुपैयाँ जरिवाना गरेको छ ।

एनआईसी एसिया बैंकले तेस्रो पटक कार्यालयबाट निस्केको फोहोर सडकमा फालेपछि बैंकलाई ११ हजार रुपैयाँ जरिवाना गरिएको सरसफाइ व्यवस्थापन महाशाखाका अधिकृत सर्फुदिन मियाँले जानकारी दिए ।

यसअघि पहिलो पटक चेतावनी दिएर छोडिएको थियो भने दोस्रो पटक ५ हजार रुपैयाँ जरिवाना तिराइएको उनले बताए ।

झण्डै डेढ महिनादेखि महानगरले जथाभाबी सडक तथा सडकपेटीमा फोहोर गर्नेलाई जरिवाना गर्दै आइरहेको उनको भनाइ छ । अहिलेसम्म भएका जरिवानामध्ये यो सबैभन्दा बढी जरिवाना हो ।

महानगरले साइरनसहितको ट्याक्टर फोहोर सङ्कलनका लागि पठाउने गरे पनि  विभिन्न सङ्घ संस्था, व्यापारी तथा व्यक्तिहरूले सडकपेटी, किनार तथा खाली जग्गामा फोहोर फालिदिने गरेका छन्, जसले गर्दा वीरगञ्ज फोहोरी सहरको रूपमा बदनाम भइरहेको वीरगञ्ज महानगरपालिका स्वच्छ, सफा सुन्दर हराभरा अभियानका संयोजक जय प्रकाश खेतानले बताए ।

जिम्मेवार सङ्घसंस्था तथा व्यक्तिले जथाभाबी फोहोर गरिदिँदा फोहोर मैला व्यवस्थापन चुनौतीपूर्ण बनेको जथाभाबी फोहोर फालेको पाइएमा ५ सय, १ हजार, ५ हजारदेखि ११ हजार रुपैयाँसम्म जरिवाना गर्ने गरिएको महानगरपालिकाले जनाएको छ ।

०७५ सालमा ल्याइएको वीरगञ्ज महानगरपालिकाको फोहोर मैला व्यवस्थापन ऐनले महानगरपालिकाले तोकी दिएको समय र स्थान बाहेक अन्यत्र फोहोर मैला निष्कासन गर्न निषेध गरेको छ ।

त्यस्तो कसुर गर्ने व्यक्तिलाई पहिलो पटक ५ हजार, दोस्रो पटक १० हजारसम्म र तेस्रो वा त्यो भन्दा बढी पटक अटेरी गरेको खण्डमा १५ हजारका दरले जरिवाना हुने उल्लेख छ ।

घर, कम्पाउन्ड वा परिसरको फोहोर मैला सडक वा अन्य सार्वजनिक स्थलमा जवामाथि राख्न, फाल्न वा थुपार्न निषेध गरिएको छ । त्यसो गरेमा ५ हजारदेखि १५ हजार रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था ऐनमा छ ।

प्रतिक्रिया दिनुहोस