पूर्वराजा ज्ञानेन्द्र शाहसँग पुरानै धङधङी देखियो : ओली « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

पूर्वराजा ज्ञानेन्द्र शाहसँग पुरानै धङधङी देखियो : ओली


७ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहसँग पुरानै धङधङी रहेको बताएका छन् । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । २ सय ४० वर्ष शासन चलाउँदा देश कस्तो अवस्थामा थियो भन्ने प्रश्न गर्दै उनले १५ वर्षको अवधिमा मात्रै जनताको हातमा शासन आएको उनले बताए ।

राष्ट्रपति निर्वाचनमा यसअघि भएकै सहमति कार्यान्वयन हुने र आफूहरूले दिएको उम्मेदवारमा नै राष्ट्रिय सहमति हुने उनले बताए । अध्यक्ष ओलीले को उम्मेदवार हुने र बनाउने भन्ने विषय १३ गते थाहा हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस