‍हुम्लामा एसइईका लागि ६ वटा परीक्षा केन्द्र निर्धारण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‍हुम्लामा एसइईका लागि ६ वटा परीक्षा केन्द्र निर्धारण


७ फाल्गुन २०७९, आइतबार


सिमकोट । आगामी चैत १७ गतेबाट सञ्चालन हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि छ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।

जिल्ला परीक्षा समन्वय समितिको बैठकबाट ती साविककै परीक्षा केन्द्रलाई निर्धारण गरिएको हो।

शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तिलक भट्टराईका अनुसार परीक्षा केन्द्र र परीक्षार्थीहरूको सङ्ख्यामा सिमकोट गाउँपालिकाका बाल मन्दिर माविमा २५६ जना र मानसरोवर मावि केन्द्रमा १८० जना परिक्षार्थीहरूको सहभागिता रहनेछ।

त्यसै गरी, सर्के गार्ड गाउँपालिकाका हिम ज्योति मावि सर्केगार्डमा २५३ जना र कोटमावि रोड कोटमा १४८ जना, अदानचुली गाउँपालिकाको सूर्योदय मावि श्रीनगरमा १५७ जना र ताँजाकोट गाउँपालिकाको मदानादेव मावि पाँदामा २४० जना परीक्षार्थीहरूको सहभागिता रहनेछ।

कुल परीक्षार्थीहरूमध्ये साधारणतर्फ एक हजार १४८ जना र प्राविधिक धारतर्फ असी र ग्रेडवृद्धितर्फ छजना परीक्षार्थी रहेका छन्।

यसमा एक हजार २२८ जना नियमित र छजना साधारणतर्फको ग्रेड वृद्धिका परीक्षार्थी छन्। परीक्षार्थीहरूमध्ये ६६० जना छात्रहरू र ५७४ जना छात्राहरूको परीक्षामा सहभागिता रहने छ।

यस पटक एसइई मा सहभागी हुने विधार्थीहरूको सङ्ख्या एक हजार २३४ जना रहेको छ। जब कि गत वर्ष एक हजार १३६ जना रहेका थिए।

कोरोनापछि जिल्ला बाहिर अध्ययन गर्दै आएका विद्यार्थीहरू जिल्लामै फर्किएर अध्ययन गर्न थालेपछि परीक्षार्थीको सङ्ख्या बढी देखिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस