रियल म्याड्रिडले छोट्यायो बार्सिलोनासँगको अङ्क दूरी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रियल म्याड्रिडले छोट्यायो बार्सिलोनासँगको अङ्क दूरी


७ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । रियल म्याड्रिडले सहज जित दर्ता गर्दै स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनासँग अङ्क दूरी छोट्याएको छ।

उपाधिको दाबेदार घरेलु टोली रियलले ओसासुनालाई २-० गोल अन्तरले हराउँदै शीर्षस्थानको बार्सिलोनासँगको अङ्क दूरी ५ मा छोट्याएको हो।

पाम्पलोनामा गए राति कप्तान करिम बेन्जेमा र मिडफिल्डर टोनी क्रुसबिना नै मैदान उत्रिएको रियललाई जिताउन फेडे भाल्भेर्डे र मार्को एसेन्सियोले गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ७८औँ मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियललाई अग्रता दिलाए।

खेलको अन्त्यतिर इन्ज्युरी समयमा मार्को एसेन्सियोले गोल गर्दै रियलको जित निश्चित गरे। यो जितसँगै दोस्रो स्थानमा रहेको रियलको २२ खेलबाट ५१ अङ्क पुगेको छ। एक खेल कम खेलेको बार्सिलोनाको ५६ अङ्क छ।

पराजित ओसासुना ३० अङ्क जोडेर १०औँ स्थानमा छ।

Tags :
प्रतिक्रिया दिनुहोस