पूर्वराजद्वारा राजनीतिक दलसँग सहकार्यको प्रस्ताव « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पूर्वराजद्वारा राजनीतिक दलसँग सहकार्यको प्रस्ताव


६ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूलाई सहकार्यको प्रस्ताव राखेका छन् ।

देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्न नहुने उनले बताएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्व सन्ध्या शुभकामना सन्देश जारी गर्दै शाहले नेपालको निरन्तर अधोगति प्रति अब आफू मौन रहन नसक्ने बताउँदै उनले पछिल्ला वर्षहरूमा देशको दीर्घकालीन शान्ति ,स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको प्रति चिन्ता व्यक्त गरेका छन् ।

पूर्व राजा शाहले हालै सम्पन्न आमनिर्वाचनमा युवाहरूको सहभागिता र केही आशालाग्दा नतिजाहरूबाट मुलुकको आगामी दिशाबारे आङ्कलन गर्न सकिने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस