एमाले प्रदेश कमिटीले गर्‍यो दुर्गा प्रसाईंसहित ८१ जनालाई कारबाहीको सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमाले प्रदेश कमिटीले गर्‍यो दुर्गा प्रसाईंसहित ८१ जनालाई कारबाहीको सिफारिस


६ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । नेकपा एमालेको प्रदेश १ कमिटीले ८१ जना प्रदेश कमिटी सदस्यलाई कारबाही गरेको छ । शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले उनीहरूलाई पार्टीबाट हटाउने निर्णय गरेको हो ।

एमाले प्रदेश कमिटीका सचिव चिन्तन पाठकले प्रदेश कमिटीको जिम्मेवारीमा रहेर ५ पटकसम्म बैठकमा अनुपस्थित भएकाहरूलाई कारबाही गरिएको बताए । उनले बैठकमा उपस्थित नभएका र प्रदेश कमिटीको कुनै पनि गतिविधिमा संलग्न नभएका ८१ जनालाई जिम्मेवारीबाट हटाइएको जनाकारी दिए ।

स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीविरुद्ध बागी विद्रोही भएकाहरूलाई पार्टीबाट निष्कासन गरेको छ । बैठकले दुर्गा प्रसाईंलाई पार्टीको केन्द्रीय सदस्यबाट निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ ।

पार्टीको नीति सिद्धान्त विपरीत गतिविधि गरेको भन्दै उनलाई कारबाही गर्न प्रदेशले माथिल्लो कमिटीलाई सिफारिस गरेको हो ।केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई राखेर कार्यक्रम गरेपछि उनलाई पार्टीबाट हटाउनुपर्ने माग उठ्दै आएको थियो । मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले धर्म र राष्ट्रियता बचाउने भन्दै अभियान सुरु गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस