काठमाडौँ । परराष्ट्र मन्त्री विमला राई पौड्याल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ५२ औँ सत्रमा सहभागिता जनाउन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जाने भएकी छन् ।
फागुन ४ को मन्त्रिपरिषद् निर्णय अनुसार फागुन १५ देखि १८ सम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने मानवअधिकार परिषद्को ५२ औँ सत्रमा सहभागी हुन जाने भएकी हुन् ।
सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त भ्रमणबारे जानकारी दिएकी हुन् ।