करिष्मा मानन्धरको मानहानि गरेको आरोपमा खनाल पक्राउ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

करिष्मा मानन्धरको मानहानि गरेको आरोपमा खनाल पक्राउ


५ फाल्गुन २०७९, शुक्रबार


पक्राउ

काठमाडौँ । कलाकार करिष्मा मानन्धरको मानहानि गरेको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ।

काठमाडौँको भोटाहिटीबाट उनलाई पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति रायले जानकारी दिए।

आफूलाई मानहानि गरेको भन्दै उनले गत माघ २४ गते नेपाल साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।

एक अन्तर्वार्तामा डिल्लीराम खनालले मानन्धर अमेरिकामा एक जना पुरुषसँग लिभिङ टुगेदरमा बसेको बताएका थिए। उक्त भिडिओको क्लिप सामाजिक सञ्जालमा राख्दै उनले साइबर ब्युरोमा उजुरी गरेकी थिइन्।

कोभिड महामारीको समयमा मोटरसाइकल चढेर जाँदै गरेका डिल्लीराम खनाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यतिबेला उनको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी चर्चामा आएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस