स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल


५ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिदेशीय सिरिज अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । स्कटल्याण्डले केही बेरमा नेपालविरुद्ध ब्याटिङ गर्नेछ । पहिलो खेलमा नामिबियालाई पराजित गरेका दुवै टोली आज दोस्रो जितको खोजीमा छ ।

स्कटल्याण्डविरुद्ध नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा चार खेल खेलेकोमा १ मा मात्र जित हात पारेको छ ।

सिरिजमा नेपाल २५ खेलमा २० अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । स्कटल्याण्ड ३३ खेलमा २३ मा जित र ८ मा हारका साथ ४८ अंकका साथ तीन खेल अगावै विश्वकप लिग टूको च्याम्पियन भइसकेको छ ।

नेपाली टोली

रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, गुलशन झा

Tags :
प्रतिक्रिया दिनुहोस