आजको मौसम : उच्च पहाडी भू-भागमा आंशिक बदली, हिमालमा हिमपातको सम्भावना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आजको मौसम : उच्च पहाडी भू-भागमा आंशिक बदली, हिमालमा हिमपातको सम्भावना


५ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश एकको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएकोले केही दिन वर्षाको कुनै सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस