लोकप्रिय नाराले देश चलाउन सकिँदैन : प्रकाशमान सिंह « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

लोकप्रिय नाराले देश चलाउन सकिँदैन : प्रकाशमान सिंह


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । काँग्रेसका नेता प्रकाशमान सिंहले लोकप्रिय नाराले देश चलाउन नसकिने बताएका छन्। 

विजय स्मारक माध्यामिक विद्यालयको ६७औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा नेता सिंहले यस्तो बताएका हुन्।

उनले काँग्रेस एमाले लगायत पुराना दललाई समेत सरकार चलाउन मुस्किल परिरहेका बेला लोकप्रिय नारा लिएर आउने पार्टीले देश चलाउन नसक्ने बताएका थिए। लोकप्रिय नारा दिएर सत्तामा पुगेपछि के हुन्छ भन्ने यस पटक देखिएको उनको भनाई थियो। 

राजनीतिमा स्थापित हुन योगदान गर्नुपर्ने र धरातल बुझ्नुपर्ने उनको जिकिर थियो।  त्यस्तै नेता सिंहले मिश्रित निर्वाचन प्रणालीका कारण एउटै दलको बहुमत आउन मुस्किल भएको जिकिर गरे। जनताले नै मिलीजुली सरकार बनाउने म्याण्डेड दिएको अवस्थामा दलहरू पनि त्यसै अनुसार अघि बढ्नुपर्ने बताए। 

नेता सिंहले आफूले निर्वाचनमा उठ्दा जनतासामु गरेका प्रतिवद्धताहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेको समेत दाबी समेत गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस