२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ आइपुगे पुरी शङ्कराचार्य

अ+ अ-

काठमाडौँ । उडीसाको पुरीस्थित गोवर्धनमठका शङ्कराचार्य निश्चलानन्द सरस्वती महाशिवरात्री पर्वका लागि बिहीबार काठमाडौँ आइपुगेका छन्। पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा शिष्य र सहयोगीसहित उनी नेपाल एयरलाइन्सको उडानमार्फत् दिल्लीबाट आइपुगेका हुन्। 

उनलाई कोषका अधिकारी तथा धर्मानुरागीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। भारतवर्षमा हिन्दु धर्मका सर्वोच्च व्याख्याता एवं संरक्षक मानिने चार शंकराचार्यमध्ये उनी सबैभन्दा वरिष्ठ हुन्। 

पशुपति क्षेत्रविकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार उनी ८ फागुनसम्म काठमाडौंमा रहनेछन्। शङ्कराचार्यले शुक्रवार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गर्ने र हिन्दु धर्मका अनुयायीहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ। 

सोमबारदेखि पशुपति क्षेत्रमा सुरु भएको लिंगपुराणमा शङ्कराचार्य सहभागी हुनेछन् । शनिबार महाशिवरात्रीमा उनी प्रमुख पात्रका रूपमा रहन्छन्। 

आइतबार पनि उनले पशुपतिनाथ परिसरस्थित शङ्कराचार्य मठमा सहभागीहरूलाई सम्बोधन गर्ने र दीक्षा दिने कार्यक्रम छ। 

शङ्कराचार्यको मठमा भत्किएको आदि शङ्कराचार्यको मूर्तिमा प्राणप्रतिष्ठा गराउने कार्यक्रममा पनि उनी सहभागी हुनेछन्। 

शङ्कराचार्यले विभिन्न विश्वविद्यालयका वैदिक गणितसँग सम्बन्धित प्राध्यापक एवं विद्यार्थीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ।

शङ्कराचार्यका लागि कोषले नेपाल-भारत मैत्री पशुपति धर्मशालाको अति विशिष्ट कक्षमा बस्ने बन्दोबस्त मिलाएको छ। उनीसँगै आउने प्रतिनिधिमण्डललाई धर्मशालाको विशिष्ट कक्षमा बस्ने व्यवस्था गरिएको खतिवडाले जानकारी दिए। 

शङ्कराचार्य निश्चलानन्द सरस्वती आठौँ शताब्दिबाट सुरु भएको मानिने जगतगुरु शङ्कराचार्यका १४५ औँ उत्तराधिकारी हुन्। 

भारतको उत्तराखण्डमा अवस्थित ज्योतिर्मठका शङ्कराचार्य अभिमुक्तेश्वरानन्द सरस्वतीले उत्तरी क्षेत्र, गुजरात द्वारकामा अवस्थित शारदा पिठका शङ्कराचार्य सदानन्द सरस्वतीले पश्चिम क्षेत्र र कर्नाटकस्थित श्रृंगेरी मठका शङ्कराचार्य भारती तीर्थले दक्षिण क्षेत्र हेर्दै आएका छन्। 

गोवर्धनमठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले भने भारतवर्षको पूर्वी क्षेत्र  हेर्दै आएका छन्। नेपाल सांस्कृतिकरुपमा उनको सांस्कृतिक कार्यक्षेत्रमा पर्दछ। 

शङ्कराचार्य सरस्वती सोमवार बुद्ध एयरको उडानबाट भारतको वाराणसी प्रस्थान गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस