‘देशका लागि गम्भीर भएर सोच्ने बेला आएको छ’ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

‘देशका लागि गम्भीर भएर सोच्ने बेला आएको छ’


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विदेशी चलखेलबाट देशलाई बचाउन आवश्यक रहेको बताएका छन् । सत्ताधारी दलले कुर्सीका लागि मात्रै नभएर देशका लागि गम्भीर भएर सोच्ने बेला आएको उनको भनाइ थियो । 

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वपः माध्यमिक विद्यालयको २३ औँ, ख्वपः कलेजको २१ औँ, शारदा क्याम्पसको ३२ औँ र ख्वपः कलेज अफ लको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित दुईदिने शैक्षिक प्रदर्शनी एवं पुरस्कार वितरण कार्यक्रममा उनले सो धारणा व्यक्त गरे ।

कार्यक्रमका सभापति भनपाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले ख्वपः कलेज, ख्वपः कलेज अफ लसमेत गरी हाल आठवटा कलेजमा देशभरका ७२ वटा जिल्लाका करिब सात हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको बताए ।

नगरपालिकाले यहाँका विद्यार्थीलाई हरेक वर्ष रु तीन करोड बराबरको छात्रवृत्ति, रु पाँच लाखसम्मको शैक्षिक ऋणको व्यवस्था, नेपाल भाषा, इतिहास, भूगोल, संस्कृति र राजनीतिशास्त्र विषयमा विद्यावारिधिसम्म अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको बताए ।

यसैबीच ख्वपः कलेज देकोचामा सञ्चालित दुईदिने शैक्षिक प्रदर्शनी आज सम्पन्न भएको छ । प्रदर्शनीमा १०० स्टल र ११ कक्षादेखि स्नातकोत्तर तहसम्मका दुई हजारभन्दा बढी विद्यार्थी सहभागी भएका कलेजका प्राचार्य रूपक जोशीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस