२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यी ८ विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिइने 

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चिकित्सा शिक्षा अध्ययनदेखि पत्रकारिता अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । महानगरपालिकाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरेर ८ विषयमा छात्रवृत्ति दिनका लागि कार्यविधि बनाएको छ ।

महानगरको छात्रवृत्ति कार्यविधि अनुसार एमबीबीएस कार्यक्रम, इन्जिनियरिङ, वातावरण विज्ञान, शिक्षा, कानुन, व्यवस्थापन, भाषा/साहित्य/समाजशास्त्र र पत्रकारिताको विषयमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिइने छ ।

छात्रवृत्ति माग गर्ने छात्र/छात्रा महानगरबासी हुनुपर्ने कार्यविधिमा उल्लेख छ । कार्यविधि अनुसार छात्रवृत्ति माग गर्ने छात्र/छात्राको परिवारको आर्थिक अवस्था विपन्न भई शैक्षिक संस्थालाई बुझाउनुपर्ने शुल्क बुझाउन नसक्ने हुनुपर्ने छ ।

छात्रवृत्ति सिफारिस गर्न महानगरपालिकामा एक छात्रवृत्ति समिति रहनेछ । सामाजिक समितिका संयोजक हुनेगरी ४ जना महानगरका कर्मचारीहरूको समिति गठन हुने उल्लेख छ ।

महानगरले छात्रवृत्तिको रकम निर्धारण गर्दा शैक्षिक कार्यक्रमको आधारमा एकमुष्ट, वर्षैपिच्छे बुझाउने किस्ता रकम वा शैक्षिक कार्यक्रमले निर्धारण गरेबमोजिम हुन सक्ने कार्यविधिमा रहेको छ । छात्रवृत्तिको रकम पाउने छात्र/छात्राको नाममा वा सम्बन्धित शैक्षिक संस्थाको खातामा जम्मा गरिदिन सक्ने व्यवस्था महानगरले गरेको छ ।

महानगरपालिकाबाट छात्रवृत्ति प्राप्त गरी अध्ययन गरेका छात्र/छात्राले स्वयंसेवक वा इन्टर्नको रूपमा महानगरपालिकामा सेवा गर्न चाहेमा सेवा गर्ने उपयुक्त प्रबन्ध गरिने समेत कार्यविधिमा उल्लेख छ । छात्रवृत्ति प्राप्त गरी अध्ययन गर्ने छात्र/छात्राले वार्षिक रूपमा आफूले प्राप्त गरेको शैक्षिक प्रगति प्रतिवेदन महानगरपालिकामा पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस