१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायिक समितिको राष्ट्रिय सम्मेलन आयोजना गर्दै महानगर

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ । चैत २४ र २५ गते स्थानीय तहमा न्याय सम्पादनको अनुभव आदान प्रदान गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको महानगरले जनाएको छ ।

सम्मेलनको तयारीका लागि महानगरकी उपमेयर सुनिता डङ्गोलको अध्यक्षतामा ‘न्यायिक समिति मूल समारोह समिति’ गठन गरिएको छ ।

डङ्गोलका अनुसार सबै पालिकाबाट न्यायिक समितिबाट प्रतिनिधित्व गराउने र असल अभ्यास आदान प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलन ४ विषयमा केन्द्रित हुने गरी कार्य पत्र महानगरले तयार गरिरहेको उनले बताइन् ।

न्यायिक समितिको अवधारणा, विभिन्न कानूनमा भएका न्यायिक समिति सम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र यसको प्रचलन मुख्य विषयहरू रहने महानगरले जनाएको छ ।

काठमाडौँ विवाद निरूपण घोषणापत्र २०७९ जारी गर्दै सम्मेलन सकिने महानगरले जनाएको छ । सम्मेलनपछि न्यायिक समिति राष्ट्रिय सञ्जाल, प्रदेश सञ्जाल र जिल्ला सञ्जाल चयन हुनेछ । राष्ट्रिय सञ्जालका पदाधिकारीहरूको चयन सम्मेलनबाटै हुनेछ ।

प्रतिक्रिया दिनुहोस