अनेरास्ववियुको नेतृत्व चयनका लागि मतदान सुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अनेरास्ववियुको नेतृत्व चयनका लागि मतदान सुरु


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । एमालेनिकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी २३औँ महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान सुरु भएको हो । अहिले प्रज्ञामा आठ वटा मेसिनबाट मतदान भइरहेको अध्यक्ष मण्डलका सदस्य एवं एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले जानकारी दिए ।

अध्यक्षमा चारजनाको उम्मेदवारी परेको छ । भावी नेतृत्वका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्षहरू लोकेश निरौला र मोती विक तथा महासचिव समिक बडाल चुनावी मैदानमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस