२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकलाई सुरक्षित छु भन्ने महसुस गर्ने गरी काम गर्छु : डिएसपी लिम्बू

अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन लिम्बूले नागरिकलाई सुरक्षित छु भन्ने महसुस गराउने गरी कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रहरीले आम जनतामाझ सहकर्मी र सहयात्रीको रूपमा कार्य सम्पादन गर्ने विश्वास दिलाउँदै डिएसपी लिम्बूले शान्ति सुरक्षाका सवालमा कम्पोरमाईज नगर्ने दाबी गरे।

ताप्लेजुङ प्रहरी प्रमुखको जिम्मेवारी लिएर आएका डिएसपी लिम्बूले बिहीबार सञ्चारकर्मीमाझ सामाजिक अपराध न्यूनीकरणका लागि आम नागरिकसँग सहकार्य गर्ने समेत बताए। प्रहरीले नागरिकसँग सहयात्रीको रूपमा भूमिका निर्वाह गर्नुपर्नेमा आफू प्रतिबद्ध रहेको बताउँदै लिम्बूले प्रहरीले कोही कसैसँग दुर्व्यवहार नगर्ने विश्वास दिलाए।

प्रहरीको सेवा वितरण चुस्त राख्ने तथा अशक्त,बृद्धबृद्धा र फरक क्षमता भएका नागरिकको विशेष सम्मान गर्दै उनीहरूलाई सेवा वितरण थप सरलीकृत गर्ने योजनामा रहेको लिम्बूले बताए।

उनले भने, ‘कुनै पनि नागरिकले प्रहरीबाट पाउनुपर्ने सेवाका लागि बिना झन्झट प्रवेश पाउने र सम्बन्धित फाँटबाट सहज सेवा लिएर फर्कन सक्ने वातावरण बनाउँछु ।’ प्रहरीको कार्य पारदर्शी र सेवाग्राहीमैत्री हुने उनको जोड थियो। प्रहरी पोसाकमा र आम नागरिकको सहज पहुँच हुने क्षेत्रमा बसेर खुलेआम मादक पदार्थ सेवन गर्ने अधिकार प्रहरीमा नरहेको बताउँदै उनले मातहतका प्रहरी कर्मचारीलाई यो विषयमा निर्देशन समेत दिइसकेको उनले जानकारी गराए।

साँघुरो बजार, द्रुत गतिको सवारी र अव्यवस्थित पार्किङ समस्याको रूपमा औँल्याउँदै उनले यसको व्यवस्थापनको सुरुआतका लागि आफ्नो नजर पुगिसकेको सुनाए।

सुरक्षाका लागि गस्ती बढाउने, अवाञ्छित गतिविधि भएको सूचना पाए लगत्तै थप क्षति हुन नदिने गरी जोखिम नियन्त्रणमा चाँडो भन्दा चाँडो प्रहरी शक्ति पुर्‍याउने डिएसपी लिम्बूको थप प्रतिबद्धता थियो। लागु औषध दुर्व्यसन विरुद्ध जागरण र प्रतिकार्य दुवै योजना एकसाथ अघि बढाउने योजना सुनाउँदै उनले समग्र जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाउन कार्यालयका प्रहरी निरीक्षक सहित मातहतका प्रहरी कर्मचारीलाई निर्देशन पनि दिएका छन्। ट्राफिक समस्या समाधानका लागि स्थानीय सरोकारवालासँग समन्वयको प्रक्रिया सुरु गर्ने उनले बताए।

शान्ति सुरक्षा सबैको चासो र संवेदनशीलताको विषय भएको भन्दै उनले सञ्चारकर्मीमार्फत प्रहरी-नागरिक सहकार्यका लागि अपिल समेत गरेका छन्। यसअघिका डिएसपी कैलाश राईको सर्लाही जिल्ला प्रहरी कार्यालय सरुवा भएपछि लिम्बू ताप्लेजुङको प्रहरी प्रमुख भएर आएका हुन्।

उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए।

प्रतिक्रिया दिनुहोस