सुनसरीमा तीन बालबालिकामा दादुरा पुष्टि « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुनसरीमा तीन बालबालिकामा दादुरा पुष्टि


४ फाल्गुन २०७९, बिहिबार


सुनसरी । बर्जु गाउँपालिका-२ मा तीन जनामा दादुरा पुष्टि भएको छ। बर्जु-२ मा सात महिने बच्चामा दादुरा पुष्टि भएपछि नमूना सङ्कलनपछि परीक्षण गर्दा थप दुई बालबालिकामा दादुरा पुष्टि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईँका अनुसार शरीरमा बिमिरा आउनुका साथै ज्वरो आएपछि दुवै जनाको स्वास्थ्य परीक्षण गर्दा दादुरा पुष्टि भएको हो। बर्जुमा दादुराको आशंकामा अन्यको नमुना संकलन गरेर परीक्षणका लागि पठाइएको छ।

विश्व स्वास्थ्य सङ्गठनको टोलीले बर्जुको वडा नम्बर २ मा बिरामीको नजिक रहेका र शङ्का गरिएकाको नमूना परीक्षणका साथै क्षेत्र, जिल्ला र स्थानीय तहको स्वास्थ्यकर्मीको टोलीलाई भेटेर जानकारी लिएको छ।

गाउँपालिकासँगको समन्वयमा सबै विद्यालयमा दादुरासँग सम्बन्धित जानकारी बटुलिने काम सुरु गरेको उनले जानकारी दिए। बर्जुमा दादुरा पुष्टि भएसँगै पछिल्लो एक महिनाभित्र पाँच वर्षमुनिका बालबालिकामा बिमिरा र ज्वरो आउनेजस्ता लक्षण देखापरे नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य कार्यालय सुनसरीले आग्रह गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस