२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निसीखोलामा थपिँदै आठ झोलुङ्गे पुल

अ+ अ-

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा चालू आर्थिक वर्ष २०७९/८० मा आठ झोलुङ्गे पुल बन्दै छन् । अघिल्लो वर्ष मात्रै यहाँका विभिन्न खोलामा सात झोलुङ्गे पुल निर्माण गरिएका थिए ।

केन्द्र सरकारको ८७ र निसीखोला गाउँपालिकाको १३ प्रतिशत लगानीमा आठ वटा पुल बन्न थालेको गाउँपालिकाका इन्जिनियर समुन्द्र शाहीले जानकारी दिए। उनका अनुसार सबै पुल सर्वेक्षण गरेर काम सुरु भएको छ ।

इन्जिनियर शाही भन्छन्, ‘आगामी असार मसान्तसम्म सबै पुल निर्माण सम्पन्न हुन्छन्, त्यहीअनुसार अहिले काम भइरहेको छ, बेस निर्माण गर्ने, काम भइरहेको छ भने, लठ्ठा ल्याउने प्रक्रिया सुरु भएको छ, पुल निर्माणको कामलाई तीव्र बनाउन हामीहरू लागि रहेका छौँ ।’ शाहीको अनुसार वडा नम्बर १ को सेलाखेतघाट, आठबारेघाट, वडा नम्बर ७ को खनिबास-राजकुट कुँडुला जोड्ने, वडा नम्बर ४ र ५ जोड्ने कारीखोला, वडा नम्बर ५ यारीखोला, वडा नम्बर ६ मगरघाटखोला, वडा नम्बर ३ को गतारेघाट र वडा नम्बर २ र ३ जोड्ने गरी खग्रेनीघाटमा पुल निर्माण हुन लागेको छ ।

गाउँपालिकाको ठाउँ-ठाउँमा झोलुङ्गे पुल निर्माण हुन थालेपछि स्थानीय हर्षित भएका छन् । गाउँपालिकाले जीर्ण बनेका पुल विस्थापित गर्ने र आवश्यक स्थानमा धमाधम नयाँ झोलुङ्गे पुल निर्माण गर्ने अभियानलाई तीव्र बनाएको शाहीको भनाइ छ । स्थानीय प्रेमबहादुर कुँवरले पुल नहुँदा यहाँका सयौँ स्थानीयले समस्या भोग्नुपरेको बताए ।

पुल बनेपछि जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा लिएको उनी बताउछन् । कुँवरले भने, ‘अहिले खोला तरेर पारी जान डेढ दुई घण्टा लाग्छ, यहाँ पुल बन्यो भने पाँच मिनेट पनि लाग्दैन, बर्खामा खोला बढ्यो भने पारीको मान्छे पारी, वारीको मान्छे वारी भइन्छ, यहाँ पुल बनाउन थालेका छन्, अब सहज होला ।’

पुल नबन्दा खोला वारपार गर्दा धेरै बालबालिका, महिला र ज्येष्ठ नागरिकले धेरै सास्ती खेप्दै आएका छन् । हिउँदको समयमा समेत युवा जसोतसो खोला पार गरे पनि साना बालबालिका र बूढाबूढीलाई समस्या हुने गरेको छ । निसीखोला गाउँपालिका–६ का नरबहादुर विकले यहाँको खोलाले एक/दुई जना स्थानीयलाई बगाएको बताउछन् ।

अघिल्ला वर्षहरूमा निसीखोलाको–६ को सेबाङघाट, सरिटारघाट, चुसाङघाट र वडा नम्बर ७ को कुतखोलाघाट, वडा नम्बर ३ र ४ जोड्ने ढुवाँखोरघाट पुल, वडा नम्बर १ को माराघाट, वडा नम्बर २ धौलेघाटमा पुल बनेर सञ्चालनमा छन् । ती पुल रु दुई करोड पाँच लाख बढीमा निर्माण भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए । यस वर्ष रु तीन करोड ६४ लाख ३२ हजार सात सय ८५ को लागतमा आठ पुल बन्न थालेको गौतम बताउछन् ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले अब कुनै पनि नागरिकले पुलका कारण खोलामा बगेर ज्यान गुमाउनु नपर्ने बताए । यहाँ धेरै खोला हुँदा सबै ठाउँमा एकै पटक पुल निर्माण गर्न नसकेको भन्दै सबै खोलामा नागरिकलाई सहज हुने गरी बर्सेनि पुल निर्माणलाई जोड दिने बताए ।

अध्यक्ष घर्ती मगरले भने, ‘पुल नागरिकलाई वारपार गर्नका लागि मात्रै प्रयोग हुने छैन, यसले उत्पादन र बजारलाई पनि जोड्ने छ, यहाँका कृषकले उत्पादन गरेका कृषिउपज वस्तुलाई बजारसम्म पुर्‍याउन र बजारबाट आवश्यक सामना गाउँ ल्याउन पनि पुलले ठूलो टेवा पुर्‍याउने छन् ।’

प्रतिक्रिया दिनुहोस