यस्तो छ आजको मौसम पूर्वानुमान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

यस्तो छ आजको मौसम पूर्वानुमान


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।

प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमामा आंशिकदेखि सामान्य बदली रहेको छ।

यस्तै, आज दिउँसो प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसैगरी, आज राती सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

आज तराईका थोरै भू-भागमा बिहानी पख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकोले महाशाखाको सूचनाबारे जानकार रहन महाशाखाको अनुरोध छ।

Tags :
प्रतिक्रिया दिनुहोस