२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानुनका छिद्र देखाएर सेवाग्राहीलाई दुःख नदिनुस् : सामान्य प्रशासन मन्त्री मोदी 

अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कानुनका छिद्र देखाएर सेवाग्राहीलाई दुःख नदिन निर्देशन दिएका छन् । मन्त्रालयमा बुधवार(आज)आयोजित महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री मोदी उक्त निर्देशन दिएका हुन् । 

सेवाग्राहीलाई प्रभावकारी ढङ्गबाट सेवा प्रवाह गर्न निर्देशन दिएका मन्त्री मोदीले राष्ट्रसेवक कर्मचारीहरूले सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेको गुनासो बढिरहेको बताउँदै सहज र सरल ढङ्गबाट सेवा प्रदान गर्ने भन्नेतिर ध्यान दिन भनेका छन् ।

“कानुनका छिद्र देखाएर सेवाग्राहीहरूलाई राष्ट्रसेवक कर्मचारीहरूले अनावश्यक दुःख दिने गरेको गुनासो सुनेको छु, प्रधानमन्त्रीज्युले पनि यो समस्या हटाउँछु भनेर संसदमा भन्नुभएको छ, उहाँको स्पिरिटलाई पनि हामीले समाउनुपर्ने हुन्छ” उनले भने, “कानुनका छिद्र देखाएर जनतालाई दुख दिने नियत नराख्नुहोला, कानुनसम्मत कामहरू प्रभावकारी ढङ्गले सम्पादन गर्न म निर्देश गर्न चाहन्छु ।”

छलफलका क्रममा प्रमुख प्रशासकीय अधिकृतहरूले कार्यसम्पादनका क्रममा आफूहरूले भोगिरहेको कानुनी जटिलता लगायतका विषयमा धारणा राखेका थिए । आ-आफ्नो पालिकामा सञ्चालन भइरहेको काम, प्राप्त उपलब्धि र अनुभवसमेत बाँडेका प्रमुख प्रशासकीय अधिकृतहरूले कानुन निर्माणलगायत सहजीकरणको विषयमा सङ्घले सघाउनु पर्ने बताए । 

अन्तरक्रियामा प्राप्त समस्या र सुझावहरूलाई मन्त्रालयले कार्य योजना बनाएर प्रभावकारी कार्यसम्पादनको वातावरण बनाउने पनि मन्त्री मोदीको भनाई थियो ।

छलफलमा मन्त्रालयका सचिव कृष्णहरि पुष्करले कानुनभन्दा बाहिर गएर कुनै पनि निर्णय नगर्न निर्देशन दिए । 

मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै मन्त्री मोदीले प्रधानमन्त्रीको निर्देशनअनुसार प्रशासन सुधारका लागि सरोकारवाला निकायहरूसँग निरन्तर र नियमित छलफल तथा निर्णयहरू गर्दै आएका छन् । 

परिणाममुखी कामका लागि भन्दै राखिएको आजको अन्तरक्रिया कार्यक्रममा महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस