राजनीतिमा प्रतिस्पर्धा, विकासमा सहकार्य आवश्यक छ : मन्त्री शर्मा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राजनीतिमा प्रतिस्पर्धा, विकासमा सहकार्य आवश्यक छ : मन्त्री शर्मा


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राजनीति र निर्वाचनमा प्रतिस्पर्धा भए पनि मुलुकको विकासमा भने सहकार्य गर्नुपर्ने बताएकी छन् ।

नेपाल साना तथा घरेलु उद्योग महासङ्घ दाङले आयोजना गरेको लुम्बिनीस्तरीय कृषि प्रदर्शनी तथा औद्योगिक महोत्सवको उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । 

मन्त्री शर्माले समृद्ध मुलुकको परिकल्पना पुरा गर्नका लागि सरकारले मात्रै सम्भव नरहेकाले मुलुकको समृद्धि विकासका लागि समान सहभागिताको अपरिहार्य रहेको बताएकी थिइन् । उनले मुलुक जिम्मेवारी जनप्रतिनिधिहरूको दायित्व रहे पनि उक्त जिम्मेवारी पुरा गर्नका लागि सबै साथ र सहकार्य आवश्यक रहेको उनको भनाई थियो । 

उक्त अवसरमा मन्त्री शर्माले नेपाल कृषि प्रधान राष्ट्र रहेकाले कृषिमा आत्मनिर्भरताको परिकल्पना र लक्ष्य सरकारले तय गरे पनि कृषि क्षेत्रको विकास र प्रवर्द्धनका लागि आवश्यक योजना कार्यान्वयनको पाट छुट्टै गइरहेकाले मुलुकको समृद्धि विकास लागि प्रमुख आधार कृषि र कृषिजन्य स्थानीय उत्पादन प्रवर्द्धन गर्न आवश्यक रहेको उनले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस