१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुपतिमा भीड व्यवस्थापन गर्न ४ हजार स्वयंसेवक खटिने

अ+ अ-

काठमाडौँ । फागुन ६ गते महाशिवरात्रि पर्वको अवसरमा भीडलाई व्यवस्थापन गर्न ४ हजार जना स्वयंसेवक फिल्डमा खटिने भएका छन् । पशुपति क्षेत्र विकास कोषले बुधवार पत्रकार सम्मेलन गरेर नेपाल स्काउट लगायतका करिब ४ हजार स्वयंसेवकहरू परिचालन गरिने जानकारी दिएको हो  । 

स्वयंसेवकहरू दर्शन लाइनको सहजीकरणको लागि कोर क्षेत्र बाहिर मात्र परिचालित हुने कोषको भनाइ छ ।

महाशिवरात्रि पर्वमा लाखौँको सङ्ख्यामा आउने दर्शनार्थी एवं भक्तजनहरूको सङ्ख्यालाई मध्यनजर राखी मन्दिर दर्शनको व्यवस्थालाई प्रभावकारी बनाउन विभिन्न विषयगत ८ वटा उपसमिति बनाएर तयारीलाई तीव्र बनाइएको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग समेतबाट सुरक्षाका जनशक्ति परिचालन गरी महाशिवरात्रि पर्वलाई व्यवस्थित गरिने उल्लेख गरिएको छ । भकुण्डोलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको मूल शिविर (कमान्ड पोस्ट) राखिनुका साथै मूल शिविरसँगै खोजखबर कक्षको व्यवस्थापन गरिने विज्ञप्तिमा उल्लेख छ । 

यस्तै दर्शनमार्गलाई लक्षित गरी थप सिसी क्यामेराको जडान गरी निगरानी गरिने कोषले जनाएको छ । 

यसैगरी आवश्यकताअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कमान्ड पोस्ट एवं सव कमान्ड पोस्टहरूको स्थापना गरी विशेष सुरक्षाको प्रत्याभूति दिइने पनि कोषले जनाएको छ ।  

दर्शनमार्गमा व्यारिकेड जडान लगायतको कार्यमा नेपाली सेनाको विशेष सहयोग रहने छ भने मन्दिर प्राङ्गणभित्र भीड व्यवस्थित गर्न पनि नेपाली सेनाकै सहयोग लिइने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस