तत्काल गृहमन्त्री नियुक्त गर्न सांसदको माग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तत्काल गृहमन्त्री नियुक्त गर्न सांसदको माग


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले तत्काल गृहमन्त्री नियुक्त गरेर देशमा भइरहेको अराजकता स्थितिलाई नियन्त्रणमा लिन माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले गत सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको घटनासहितले देशमा सरकार नभएको आभास गराएको बताए ।

देशको शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्न गृह मन्त्रालयमै मन्त्री नियुक्त नहुँदा देशमा अराजतक, लुटपाट भएको भन्दै उनले तत्काल गृहमन्त्री नियुक्त गर्न माग गरे ।

सबै मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्ने हो भने सबै मन्त्रालय खाली गरे हुने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस