मुस्ताङबाट पोखरा हिँडेको बस खस्यो कालिगण्डकीमा, १७ जना घाइते « प्रशासन
Logo २४ आश्विन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मुस्ताङबाट पोखरा हिँडेको बस खस्यो कालिगण्डकीमा, १७ जना घाइते


३ फाल्गुन २०७९, बुधबार


पोखरा । मुस्ताङबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ।

मुस्ताङको थसाङ गाउँपालिका–३ धम्पुमा बुधबार बिहान साढे ८ बजे ना ७ ख ७४४० नम्बरको बस दुर्घटना भएको हो।

म्याग्दी कोरोला यातायातको बस सडकबाट करिब ५० मिटर तल कालीगण्डकी नदीमा खसेको हो। दुर्घटनामा सवार सबै यात्रुसँगै चालक सहचालक गरेर १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी रवीन्द्र पौडेलले बताए।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। ३ जना सामान्य र १२ जना मध्यम घाइते भएको उनले जानकारी दिए। ‘सामान्य घाइते ३ जनाको लेतेको प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। बाँकीको थप उपचारका लागि एम्बुलेन्समा पोखरा पठाइएको छ’, उनले भने।

बसमा मुस्ताङ घुम्न गएका २ भारतीय पर्यटक पनि सवार रहेका खुलेको छ। म्याग्दी र मुस्ताङका स्थानीय पनि सवार थिए।

प्रहरी चौकी नजिकै दुर्घटना भएकाले तत्कालै उद्धार गरेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

कालीगण्डकीमा खसेको बसलाई प्रहरीले केही बेर अगाडि निकालेको जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस