५ लाख नक्कली नोटसहित तीन जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

५ लाख नक्कली नोटसहित तीन जना पक्राउ


३ फाल्गुन २०७९, बुधबार


नेपालगञ्ज । बाँकेको नेपालगञ्जबाट करिब रु ५ लाखभन्दा बढी नेपाली नक्कली नोटसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरूलाई पक्राउ गरेको हो ।

बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका-५ का ३० वर्षीय मोहन राना छन् । उनीहरूको साथबाट प्रहरीले एक हजारका नक्कली नोट पाँच सय ६९ थान बरामद गरेको छ ।

रानाका साथबाट ४ सय १८ थान नक्कली नेपाली एक हजारको नोट र कुमाईंको साथबाट एक सय ५१ थान नक्कली नेपाली एक हजारको नक्कली नोट बरामद गरिएको छ । नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेका तीन जनालाई मङ्गलवार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस