अनेरास्ववियुको महाधिवेशन : आज मनोनयन र मतदान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अनेरास्ववियुको महाधिवेशन : आज मनोनयन र मतदान


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र मञ्च (अनेरास्वियु) को महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि आजबाट मतदान प्रक्रिया सुरु हुने भएको छ ।

लामो समय निर्वाचनबाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियाबाट नेतृत्व चयन गर्ने घोषणा गरेको हो ।

त्यसका लागि निवर्तमान अध्यक्ष सुनिता बरालले हिजो नै आफ्नो कमिटी भङ्ग भएको भन्दै भानुभक्त ढकाल नेतृत्वको अध्यक्ष मण्डलको घोषणा गरिसकेकी छिन् । जसमा खिमलाल भट्टराई, विनोद ढकाल, रचना खडका, माधव ढुङ्गेल, किशोर विक्रम मल्ल, नबिना लामा, ऐन महर र सुनिता बराल सदस्य रहेका छन् ।

अखिलको भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोती विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन् । ‘नि:शुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपालको निमार्णको आधा, गुणस्तरीय शिक्षा, गतिशील सङ्गठन, स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मूल नारासहित अखिलको २३ औं राष्ट्रिय महाधिसन को हिजो (मङ्गलवार) नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरिसकेका छन् । महाधिवेसन २/४ फागुनसम्म काठमाडौँमा आयोजना हुनेछ । महाधिवेशनमा सहभागी हुन देशभरिबाट १०८० प्रतिनिधि आएका छन् ।

निवर्तमान अध्यक्ष बरालका अनुसार जारी महाधिवेशनका मुख्य उद्देश्य भनेको नेतृत्व छनौट गर्ने हो । उनका अनुसार जारी महाधिवेशनले १९९ सदस्सीय केन्द्रिय समिति तथा तीन वटा केन्द्रिय आयोग पनि निमार्ण गर्नेछ । प्रत्येक आयोगमा ५/५ जना सदस्य हुनेछन् ।

उनका अनुसार सहमतिबाट आज नेतृत्व चयन हुन नसकेमा विद्युतीय मतदानबाट नेतृत्व चयन गर्ने गरी प्रबन्ध मिलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस