लुम्बिनी प्रदेशको स्थापना दिवस आज « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लुम्बिनी प्रदेशको स्थापना दिवस आज


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले बुधवार (आज) स्थापना दिवस मनाउँदैछ ।

प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।

लुम्बिनी प्रदेश सरकार स्थापनाको ५ वर्ष पूरा भएको अवसरमा एक समारोहकाबीच राजधानी देउखुरीमा स्थापना दिवस मनाउन लागिएको हो ।

स्थापना दिवसमा सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए । कार्यक्रमको औपचारिक उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्ने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस