२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१४ औं संस्करणको साफ च्याम्पियनसिप भारतमा हुने

अ+ अ-

काठमाडौँ । साफ च्याम्पियनसिपको आगामी १४ औं संस्करण भारतमा हुने भएको छ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) कार्यसमितिको मङ्गलवार बसेको भर्चुअल बैठकले यो वर्ष साफ च्याम्पियनसिप भारतमा आयोजना गर्ने निर्णय गरेको हो।

दक्षिण एसियाली फुटबलको पुरुषतर्फको सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिता भारतमा हुने निश्चित भए पनि आयोजनास्थल र मिति भने पछि तय हुनेछ। आगामी मार्च १० सम्मा आयोजनास्थल र मिति तय हुनेछ ।

भारतमा साफ च्याम्पियनसिप आयोजना हुन लागेको यो चौथो पटक हो। यसअघि सन् १९९९, २०११ र २०१५ मा च्याम्पियनसिप भारतमा भएको थियो।

बङ्गलादेशले ३ पटक, नेपाल, पाकिस्तान, मालदिभ्स र श्रीलङ्काले समान २/२ पटक साफको आयोजना गरिसकेका छन्।

सन् २००८ को संस्करण भने मालदिभ्स र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गरेका थिए। नेपालले सन् १९९७ र पछिल्लो पटक २०१३ मा साफ च्याम्पियनसिप आयोजना गरेको थियो ।

साफ च्याम्पियनसिपको उपाधि नेपालले अहिलेसम्म जित्न सकेको छैन। पछिल्लो पटक सन् २०२१ मा मालदिभ्समा भएको च्याम्पियनसिपको फाइनलमा पुग्नु नै नेपालको लागि सबैभन्दा ठूलो उपलब्धि हो। फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो।

साफ च्याम्पियनसिप भारतले सर्वाधिक ८ पटक उपाधि जितेको छ। यस्तै मालदिभ्सले २ पटक, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानले एक पटक जितिसकेका छन्।

प्रतिक्रिया दिनुहोस