सङ्घीय निजामती सेवा ऐनबारे प्रधानमन्त्रीको ध्यानाकर्षण  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सङ्घीय निजामती सेवा ऐनबारे प्रधानमन्त्रीको ध्यानाकर्षण 


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । सङ्घीय निजामती सेवा ऐनमा ट्रेड युनियन अधिकारबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनका पदाधिकारीहरूले मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गराएका हुन् । 

सरकारले सङ्घीय निजामती सेवा ऐन जारी गर्ने तयारी गरिरहँदा कर्मचारीमैत्री हुनु पर्नेलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको नेपाल निजामती कर्मचारी सङ्गठनका उपमहासचिव रामचन्द्र अधिकारीले बताए । क्षतिपूर्तिसहितको नागरिक सेवा, शीघ्र सेवा–तीव्र विकास, नमस्ते अभियान, टोकन प्रणाली, कासमु, सङ्गठन संरचना, ट्रेड युनियन, पदपूर्तिलगायत विषयमा ध्यानाकर्षण गराएको उनले जनाए । 

मङ्गलवार मात्रै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती सेवा ऐनबारे ट्रेड युनियनका पदाधिकारीहरूसँग मन्त्रालयमा छलफल तथा अन्तरक्रिया गर्दै सुझाव लिएका थिए । 

सम्बन्धित समाचार : मन्त्री मोदीद्वारा निजामती सेवा ऐनबारे कर्मचारी सङ्गठनसँग छलफल

Tags :
प्रतिक्रिया दिनुहोस