देशमा अस्थिरता ल्याउने प्रयास भइरहेको छ : ओली « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

देशमा अस्थिरता ल्याउने प्रयास भइरहेको छ : ओली


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको बताएका छन्। अहिलेको सत्ता गठबन्धन भत्काउन अनेक प्रयाससमेत भइरहेको उनले उल्लेख गरे।

अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकमा अस्थिरता ल्याउन विभिन्न शक्तिले चलखेल गरिरहेको आरोप लगाएका हुन्।

‘हामीले लिएको समृद्ध नेपाल र सुखी नेपाली राष्ट्रिय आकाङ्क्षा गलत हुन सक्दैन,’ उनले भने। 

अध्यक्ष ओलीले एमाले मुलुकको पालेको रूपमा रहेको उल्लेख गरे। उनले देश बनाउने विषय भएकाले राजनीति सोझो रेखामा नजाने भनाइ राखे।

‘देश बनाउनुपर्ने कुरा छ। सोझो रेखामा राजनीति जाँदैन। मैले अनेक उतारचढाव देखेको छु। उतारचढाव फेरि पनि आउँछन्।’ उनले भने।

अध्यक्ष ओलीले अखिललाई अनुशासित, गतिशील र एकताबद्ध सङ्गठन बनाउन आग्रह गरे।

Tags :
प्रतिक्रिया दिनुहोस