पुर्वसांसद मञ्चलाई परामर्शदाताको रूपमा राख्ने सहमति « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पुर्वसांसद मञ्चलाई परामर्शदाताको रूपमा राख्ने सहमति


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । प्रतिनिधि सभाले पुर्वसांसद मञ्चलाई परामर्शदाताको रूपमा राख्ने भएको छ ।

मङ्गलवार बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा यस्तो सहमति जुटेको हो । यो प्रस्ताव एमाले सांसद महेश बर्तौलाले राखेका थिए ।

एमालेकै सांसद सुवास नेम्वाङले ‘सिंहदरवार पूर्व सांसद मञ्चलाई कोठा नै दिएर राखिदिएको’ भन्दै भनी समर्थन जनाए ।

अन्य सांसदहरूले पनि विगतमा समेत पूर्व सांसद मञ्चलाई परामर्शदाताको रूपमा सहयोग लिने गरेको भन्दै सहमति जनाएपछि नियमावलीमै लेखिने भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस