निर्मला कुर्मी बेपत्ता प्रकरण : सरकार र आन्दोलनरत पक्षबीच तीन बुँदे सहमति « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

निर्मला कुर्मी बेपत्ता प्रकरण : सरकार र आन्दोलनरत पक्षबीच तीन बुँदे सहमति


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । निर्मला कुर्मी बेपत्ता प्रकरणको अनुसन्धान गर्न माग गर्दे ४८ दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा अनशनरत रुबी खानसहित महिला अधिकारकर्मी र सरकारबीच सहमति भएको छ । 

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’सँगको छलफलपछि सहमति भएको रुबी खानले बताएकी छन् । प्रधानमन्त्रीले अब भएको सहमति कार्यान्वयन गर्ने वाचा गरेपछि आफूहरू सहमत भएको उनले बताइन् ।

आन्दोलनरत पक्ष र गृह मन्त्रालयबीच तीन बुँदे सहमति भएको छ ।

उनीहरूबीच घटनाको अनुसन्धान गरी दोषीमाथि मुद्दा चलाउने, ४८ दिनदेखिको आन्दोलन स्थगित गर्ने र आन्दोलनरत पक्षको सुरक्षाका लागि सुरक्षा निकायले समन्वय गर्ने सहमति भएको छ । 

सहमतिसँगै उनीहरूको आन्दोलन फिर्ता भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस