माओवादी नेता पुन चीन प्रस्थान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माओवादी नेता पुन चीन प्रस्थान


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्य उपचारका लागि चीन प्रस्थान गरेका छन् ।

वंशाणुगत जण्डिसबाट पीडित पुन मङ्गलवार नियमित उपचारका लागि श्रीमती ओनसरी घर्तीसहित चीन प्रस्थान गरेको पारिवारिका स्रोतले बतायो ।

उनी यसअघि ५ पुसमा उपचार गराएर चीनबाट फर्किएका थिए । चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उनको उपचार भएको थियो ।

चिकित्सकीय भाषामा उनलाई लागेको रोगलाई ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ ।

पुनको पहिला पटक थाइल्याण्ड उपचार भएको थियो । त्यसपछि उनलाई चीनमा लगेर उपचार गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस