देशमा भएका समस्याको समाधान हामी गर्छौं : ओली « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

देशमा भएका समस्याको समाधान हामी गर्छौं : ओली


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा समस्या रहेको भन्दै ती समस्याको समाधान नेकपा एमालेले गर्ने बताएका छन् । 

मङ्गलवार काठमाडौँमा सुरु भएको अनेरास्ववियुको २३ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो जिम्मेवारी एमालेको काँधमा आएको बताए । 

‘यो देशमा समस्या छन् । ती समस्याको समाधान हामी गर्छौं । हामी भनेको नेकपा एमाले’, अध्यक्ष ओलीले नेकपा एमाले राष्ट्रिय हित, राष्ट्रिय गौरव र स्वाभिमानको पक्षमा रहेको भन्दै एमाले राष्ट्रियताको साँचो प्रतिनिधि र रक्षक भएको बताए । 

अध्यक्ष ओलीले मातृभूमिको रक्षा गर्ने एमालेमात्र भएको भन्दै समानता, स्वाधीनता र स्वतन्त्रताको पहुँचको सुनिश्चितबाट जनता वञ्चित भएको बताए । 

उनले समाजवाद धेरैले भन्ने गरेपनि त्यसको सामाजिक, आर्थिक, सांस्कृतिक पक्षलाई समेटेर मात्रै समाजवाद र समृद्ध नेपाल सुखी नेपालीको यात्रामा अघि बढ्नुपर्ने बताए । 

उनले अनेरास्ववियु नेपालको विद्यार्थी आन्दोलनको मात्रै मूलधार नभएर नेपालको राजनीतिमै अत्यन्तै महत्त्वपूर्ण भूमिका र गौरवपूर्ण इतिहास बोकेको प्रगतिशील सङ्गठन भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस