एसियन हाइड्रोको आइपीओ भर्ने समय थप « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

एसियन हाइड्रोको आइपीओ भर्ने समय थप


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । एसियन हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिन म्याद थप भएको छ।

हिजो (फागुन १ गते) सोमबार जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएकोले आइपीओ भर्ने म्याद १ दिन थप गरेको कम्पनीले जनाएको छ।

यसमा भोलि (फागुन ३ गते) कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ। कम्पनीले माघ २७ गतेदेखि सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ बिक्री खुला हो।

यस कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१५ अर्थात् ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको थियो।

जसमध्ये १०५ अर्थात् ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ।

यस्तै, ५५ अर्थात् ४२ हजार कित्ता सामूहिक लगानी कोष र २५ (१६ हजार ८ सय कित्ता) कर्मचारीहरूलाई छुट्याइएको छ। बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस