भारतीय विदेश सचिवले आजपनि भेटघाट जारी राख्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भारतीय विदेश सचिवले आजपनि भेटघाट जारी राख्ने


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेपाल–भारत सचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिन आएका भारतीय विदेश सचिव विनय मोहन क्वात्राले आज पनि आफ्नो भेटघाटलाई जारी राख्ने भएका छन् ।

आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त ९सिके राउत० लगायतलाई भेट्ने कार्यक्रम तय भएको नेपालस्थित भारतीय दूतावास स्रोतले जनाएको छ ।

हिजो सचिवस्तरीय बैठकमा सहभागी भएपछि समकक्षी परराष्ट्र मन्त्री विमला राई, राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस