आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस, आपसमा प्रेम भाव साटेर मनाइँदै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस, आपसमा प्रेम भाव साटेर मनाइँदै


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ। आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । यस दिन प्रेम गर्ने जोडीहरूले आपसमा प्रेम भाव साटेर मनाउँदै छन् ।

खास गरी युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गरेका छन् ।

सप्ताहव्यापी मनाइने प्रणय दिवसको विशिष्ट खालको इतिहास छ । रोमबाट सुरु भएर पश्चिमी देशहरू फैलिएको प्रणय दिवस मनाउने चलन अहिले नेपालमा पनि विस्तार भएको छ ।

आजको दिनलाई प्रेम प्रस्ताव राख्ने र प्रेम बसिसकेकाहरूले आपसमा प्रेम साटासाट गरी रमाइलो गर्ने चलन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस